राप्रपा कार्यकर्ता र प्रहरीबीच कान्तिपथमा झडप

0
220

७ चैत, काठमाडौं । निर्वाचन आयोगको कार्यालय घेराउका क्रममा राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । त्यसक्रममा प्रहरीले अश्रुग्यास हानेको छ ।

Advertisements

पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोध गर्दै राप्रपा नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका थिए ।शान्तिबाटिकामा जम्मा भएर कान्तिपथतर्फ अघि बढेका उनीहरुलाई प्रहरीले रोकेपछि तनाव सुरु भएको थियो । प्रदर्शनकारी प्रहरीको घेरा तोडेर अघि बढ्न खोेजेपछि प्रहरीले अश्रुग्यास हानेको छ भने राप्रपा कार्यकर्ताले ढुंगा हाने ।

झडपका क्रममा राप्रपाका केही कार्यकर्ता पनि घाइते भएका छन् । सधैं व्यस्त रहने कान्तिपथको सडक राप्रपा र प्रहरीबीचको झडपले तनावग्रस्त बनेको छ । सडक अश्रुग्यासले कुहिरीमण्डल बनेको छ ।

LEAVE A REPLY