आज देखि मौसममा सुधार आउने

0
276

काठमाडौँ । पश्चिमी वायुको प्रभावले केही दिनदेखि अवरुद्ध मौसममा मङ्गलबारदेखि क्रमिक रुपमा सुधार आउने भएको छ ।पश्चिमी वायुसँगै स्थानीय वायुको सम्मिश्रणले मौसम बदली भई काठमाडौँ उपत्यकासहित देशका अधिकांश भागमा यसको असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले देशका अधिकांश भेगमा बदली गराउनाका साथै काठमाडौँ उपत्यकामा बढी चिसो महसुस गरिएको छ ।तीन दिनदेखि अवरुद्ध मौसम मङ्गलबारदेखि सुधारमा आउने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।मनसुनपूर्वको मौसम भएकाले पनि मौसम बदली र हल्का वर्षाको सङ्केत देखिएको मौसमविद् श्रेष्ठको भनाइ छ ।

Advertisements

LEAVE A REPLY