प्रधानमन्त्रीले आज संसदमा साना दलहरुसंग छलफल गर्ने

0
272

चैत ८,काठमाडौं। संविधान संशोधन विद्येयक अघि बढाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल छलफल र परामर्शमा जुट्नुहुने भएको छ । उहाँले आज संसदमा प्रतिनिधित्व गर्ने साना दलहरुसंग छलफल गर्दै हुनुहुन्छ ।

Advertisements

प्रधानमन्त्री निवास वालुवाटारमा अपन्ह ४ बजे बस्ने बैठकमा सत्तारुढ समाजवादी जनता पार्टी सहितका दललाई बोलाइएको छ । सीमांकन हेरफेरको बिषयलाई थाती राख्दै संविधान संशोधन विधेयक अगाडि बढाउने विषयमा संसदमा रहेका साना दलहरुसंग छलफल गर्न लाग्नुभएको हो ।

प्रमुख प्रतिपक्षी एमालेको असहमतिका कारण विधेयक पारित हुने सम्भावना कम भएपछि प्रधानमन्त्री दाहालले संसदमा रहेका साना दललाई सहमतिमा ल्याउने पहल थाल्नु भएको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिदै मधेसी मोर्चाले सीमांकनको बिषयलाई बटमलाईन बनाएपछि प्रधानमन्त्री दाहालले विधेयक पारितका लागि आवश्यक मत पु¥याउने पहल गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले हिजो मात्रै सरकारमा रहेका प्रमुख दलहरुसँग दुई चरणमा छलफल गर्नुभएको थियो । पर्सि बिहीवारबाट सुरु हुने आफ्नो चीन भ्रमण अघि नै प्रधानमन्त्री दाहालले राजनीतिक निकासका लागि पहल गर्नुभएको हो ।

LEAVE A REPLY