आक्रमक रिस उठ्दा शरीरलाई हुन्छ यस्तो खतरा

0
271

काठमाडौं । प्राय सबैलाई रिस उठ्छ। रिस उठ्नु प्रकृति र विज्ञानको नियम पनि हो । स्वस्थ आवेग वा आक्रोश आफैँमा समस्या होइन । तर, रिस उठ्दा विवेक नै गुम्छ भने यसको कारण र समाधान तत्काल खोज्नुपर्ने हुन्छ ।
निस्क्रिय र आक्रमक रिस

Advertisements

निष्क्रिय रिसलाई पहिचान गर्न गाह्रो पर्छ किनकी यसलाई दबाइएको हुन्छ । मानिसमा हुने इगो यसकै उपज हो । यस अवस्थामा तपार्इँले बाह्य रुपमा रिस नदेखाउन पनि सक्नुहुन्छ, तर भित्र भने झनै गम्भीर हुन्छ । यस्तो रिस घटाउन काउन्सेलिङले पनि सहयोग गर्न सक्छ ।

तर, आक्रमक रिस भने बढी खतरनाक हुन्छ किनकी यसले तपाई र अन्य व्यक्ति वा सम्पक्तिमा नै भौतिक हानी गर्न सक्छ । तपार्ई आक्रमक वा क्रोधित भएको अवस्थामा आफ्नो नियन्त्रण समेत गुमाउन पुग्नुहुन्छ । यसलाई चिकित्सकीय भाषामा इन्टरमिटेन्ट एक्सप्लोसिभ डिसअर्डर आइइडी भनिन्छ । तर, सबै प्रकारका आक्रमक अनियन्त्रित रिस आइइडी होइनन् ।
त्यसो त विभिन्न मनोवैज्ञानिक कारण र रोगले पनि तपाईलाई आक्रमक बनाउछ ।
निम्न अवस्थामा तपाईको रिस अनियन्त्रित र आक्रमक हुन्छः

  • निरन्तर रुपमा अत्यधिक खराब मुडमा भएमा
  • बारम्बार एउटै नकारात्मक सोच आएमा
  • आफ्नो सोचलाई व्यबस्थापन गर्न कठिनाई भएमा
  • आफू वा अरु कसैलाई हानी गरुँ जस्तो लाग्ने
  • मुटुको धडकन बढ्नु, छाती बढी कसिलो हुनु
  • टाउको दुख्नु, चिटचिट पसिना आउनु र आफूलाई नियन्त्रण गर्न नसक्नु
  • किन हामी आक्रमक र हिंसात्मक हुन्छौ र

अनियन्त्रित रिस वा आक्रोस कुनै निश्चित रोगको लक्षण वा परिणाम हो भन्ने विषयमा चिकित्सहरु नै अझै प्रष्ट हुन सकेका छैनन् । तर, दिमागमा भएको सेरोटोनिन नामक रसायनमा भएको अबरोध वा परिवर्तनले हिंसात्मक वा आक्रमक स्वभाव देखाउने अनुसन्धानकर्ताहरुले पुष्टि गरेका छन् ।

न्यूरो वैज्ञानिकहरुका अनुसार दिमागको कुनै निश्चित भाग जस्तै र्कोटेक्स, एमीगडााला ९रिस, त्रास, तनाब हुने क्षेत्र० मा असर भएमा मानिसलाई अनियन्त्रित रिस उठ्छ ।

के रोग र मानसिक असन्तुलले आक्रमक बनाउछ ?

वैज्ञानिकहरुका अनुसार मानसिक असन्तुलन र अस्वस्थता जस्तै डिप्रेसन, वाइपोलर डिसअर्डर, सिजोफ्रेनिया, डिमेन्सिया र अल्जाइमर रोगका कार मानिसमा अनियन्त्रित रिस र हिंसा उत्पन्न हुन्छ ।
त्यस्तै उच्च रक्तचाप, ह्दयघात, स्ट्रोकको समस्या, र पाचन प्रणालीमा हुने गडबढीले पनि मानिसमा अत्यधिक रिस उठ्छ । त्यसो भए निै रोगको उपज हो त रिस रु विज्ञहरु भने यस विषयमा सत प्रतिशत सहमत छन् ।

ब्रेन इन्जिुरी

अनियन्त्रित रिस र आक्रम स्वभावले ब्रेन इन्जिुरी बनाउँछ । न्युर्योक युनिर्भसिटी स्कुल अफ मेडिसियनका प्राध्यपक डा जोनाथान सिल्भर भन्छन्, ‘ब्रेन इन्जिुरी भएका मानिसमा आक्रमक स्वभाव र रिस उठिरहन्छ ।’ आक्रमक स्वभावले मानिसलाई डिप्रेसनको शिकार बनाउने उनको भनाई छ । तसर्थ दिमागको कुनै एक भागमा इन्जिुरी छ भने यसले अन्य भागमा पनि असर गर्छ ।
स्ट्रोक

अत्यधिक रिसाउने व्यक्तिमा स्ट्रोकको समस्या हुने चिकित्सकहरु बताउछन् । जर्नल न्युरोलोजीमा प्रकाशित एक कोरियाली अध्ययन अनुसार स्ट्रोकका बिरामीहरुले आफ्नो रिस वा आवेगलाई नियन्त्रण गर्न सक्दैनन् । चिकित्सकहरुले गरेको सो अनुसन्धानमा सहभागी ३२ स्ट्रोकका बिरामीहरुमध्ये सबैको बोलीमा असुन्तलन, अत्यधिक आवेग र दिमागको र्कोटेक्समा असर रहेको पाइएको थियो ।

हृदयघात

हृदयघात र मुटुको रोग डिप्रेसन र अन्य भावनात्मक परिबर्तसँग सम्बन्धित छन् । जीवनमा एक पटक ह्दयघात भएर बाँचेका अधिकांश मानिस अझै पनि आफ्ना भावनाहरुसँग संघर्ष गरिरहेका हुन्छन् । उनीहरुमा देखिने चिन्ता र निराशको तहले डिप्रेसन, हरेस, र आत्मविश्वास गुम्छ जसका कारण आफूलाई नै नियन्त्रण गर्न सक्दैनन् । दिमागमा हुने सेरोटोनिन नामक रसायनमा हुने परिवर्तनसँगै मानिसमा मुटजन्य रोगहरु उत्पन्न हुने र यो सबै रिस र आक्रोशसँग प्रत्यक्ष सम्बन्धित भएको अनुसन्धानकर्ताहरु बताउँछन् ।साभार्:news twenty four online

LEAVE A REPLY