नोकियाको क्लासिक ३३१० मोडल बजारमा

0
432

एजेन्सी – फिनिस टेक जाइन्ट नोकियाले आफ्ना ब्रान्ड लोयल प्रयोगकर्ता लक्षित नोकियाको ३३१० ब्ल्याक एण्ड व्हाइट मोडल केहि परिमार्जन सहित पुन बजार भित्र्याउने भएको छ । यसपाली उसले यसमा केहि तोडमोड भने गरेको छ । यसपटक बजारमा आउने यो फोन ब्ल्याक एण्ड व्हाइटबाट कलर फिचर फोनमा उपलब्ध हुने भएको चिनियाँ टेक वेबसाइट भिटेकग्राफी डटकमले जनाएको छ । उसले आफ्नो वेबसाइटमा लिक भएका केहि फोटो समेत राखेको छ । अहिले नोकियाले रातो, हरियो र पहेंलो रङमा उपलब्ध हुनेछन् ।

 

 

साथै नोकियाले यसपटक आफ्नो फिचर फोनमा केहि फराकिलो स्क्रिन, क्यामेरा थप्नुका साथै किप्याडमा सामान्य परिबर्तन भने गरेको छ । भिटेकका अनुसार नोकियाले यसको मूल्य ६३ डलर अर्थात् ६७ सय नेपाली रुपैयाको हाराहारीमा राख्ने बताएको छ ।

LEAVE A REPLY