राष्ट्रिय दल बन्न: समानुपातिकमा ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिटको थ्रेसहोल्ड

0
303

 

चैत्र ९,काठमाडौं– हाल अस्तित्वमा रहेका दलहरुले राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । यस्तै समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्डको व्यवस्था गरिएको छ ।

Advertisements

संसदको राज्यव्यवस्था उपसमितिमा यसबारे सहमति जुटेपछि समानुपातिकमा ३ प्रतिशतको थ्रेसहोल्ड र राष्ट्रिय दल बन्न प्रत्यक्षमा अनिवार्यरुपमा एक सिट जित्नुपर्ने भएकाे हाे ।
संसदको राज्य व्यवस्था समितिले सांसद आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा बनाएको उपसमितिले उक्त निर्णय गरेको हो ।उपसमितिले बुधबार राज्य व्यवस्था समितिलाई आफ्नो प्रतिवेदन हस्तान्तरण गर्दैछ ।
थ्रेसहोल्डको विषयमा साना दलले आपत्ति जनाउँदै आएका थिए । उपसमितिले यी विषयलाई टुंग्याएसँगै अब यस विषयमा समितिमा छलफल गरेर संसदमा पेस गरिने छ । उक्त प्रस्तावलाई गृहमन्त्रीले विधेयकको रुपमा संसदमा पेस गरेपछि पारितको प्रक्रियामा जान्छ ।

LEAVE A REPLY