अचेल फूलको थुङ्गा पनि भाला जस्तो लाग्छ

0
364

सुभद्रा ढकाल
गजलकार

Advertisements

गजल

अचेल फूलको थुङ्गा पनि भाला जस्तो लाग्छ,
फक्रेपछि युद्व गर्न जाला जस्तो लाग्छ ।

हरेक मान्छे कलाकार झैँ अभिनय गर्छन,
साँच्चै मलाई यो देश नाट्यशाला जस्तो लाग्छ  ।

हिमाल पहाड छुट्याएर मदेशमा दोकान थाप्ने,
गोरा जस्तो लाग्छ कहिले काला जस्तो लाग्छ ।

उनकै हातले दिएको त्यो गला कस्ने पासो पनि,
हार्दिकतामा पहिरिएको माला जस्तो लाग्छ ।

हातमा कलम समाएर माँनौ देशलाई हेर्दैछु म,
कवि जस्तो लाग्दैन कवि गोठाला जस्तो लाग्छ ।

LEAVE A REPLY