नेपाली राष्ट्रिय क्रिकेट टिम र श्रीलंकाबीच टी-ट्वान्टी हुने

0
521

नेपालको राष्ट्रिय टिम   र  श्रीलंकाका पूर्व राष्ट्रिय खेलाडी सनथ जयसूर्या, वर्तमान राष्ट्रिय टोलीका खेलाडी सम्मलित  एक टोलीबीच काठमाडौंमा मैत्रीपूर्ण टी-ट्वान्टी खेल हुने भएको छ ।

Advertisements

पेरीविकल सर्भिसको आयोजनामा हुन लागेको टि ट्वान्टी क्रिकेट आगामी वैशाख १४, १६ र १८ गते किर्तिपुरस्थित टियु मैदानमा हुनेछ । श्रीलंका र नेपालको कूटनीतिक सम्बन्ध स्थापनाको ६० औं बार्षिकोत्सवको अवसरमा हुन लागेको टि ट्वान्टीमा श्रीलंकाको टिम लंकन लायन्सको कप्तानी पूर्व राष्ट्रिय खेलाडी अरविन्द डि सिल्भाले सम्हाल्नेछन् भने नेपाली टिम गोर्खा राइनोजको कप्तानी पारस खड्काले गर्ने छन् ।

टि ट्वान्टी खेल्न श्रीलकाबाट पूर्व खेलाडीहरू जयसूर्या, सिल्भासँगै वर्तमान राष्ट्रिय टोलीका खेलाडीहरू उपुल थारंगा, रंगना हेराथ, दिल्शान मुनावेरा, सचित्रा सेनानायक र चामरा सिल्भातारा नेपाल आउने छन् । यस्तै पूर्व खेलाडीहरू चामिन्दा भास, रोमेस कालुविथर्ना, उपुल चन्दना,सर्भेज महारूफ, दिलहरा फर्नान्डो र कौशल्या बैनारत्ने नेपाल आउनेछन् ।

नेपाली टोलीबाट खेल्ने खेलाडीहरू भने पछि तय हुने पेरिविकलका अध्यक्ष दिपेश घलेले जानकारी दिए ।

LEAVE A REPLY