फ्रान्सेली आन्तरिक मामिला मन्त्रीद्वारा राजीनामा

0
224
आफ्ना छोरीहरुलाई जागिर दिएको भन्ने विवाद चर्कदैं गएपछि फ्रान्सका आन्तरिक मामिला मन्त्री ब्रुनो ल रुले राजीनामा दिएका छन्।

संसदीय सहयोगीहरुका रुपमा आफ्ना दुई छोरीलाई जागिर दिएर सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप उनीमाथि छ तर उनले त्यसको खण्डन गरेका छन्।

Advertisements

अन्तरिक मामिला मन्त्री ल रुले आफू र आफ्ना छोरीहरुले कुनै पनि संसदीय नियम उल्लंघन नगरेको तर सरकारको निम्ति आफू बाधक बन्न नचाहेको बताएका छन्।

 

LEAVE A REPLY