चीनसँग कुनै पनि बिषयमा सहमति र सम्झौता हुँदैन :परराष्ट्रमन्त्री

0
233

चैत ९,काठमाडौं: परराष्ट्रमन्त्री प्रकाशशरण महतले आन्तरिक तयारी नपुगेका कारण चीनसँग कुनै पनि बिषयमा सहमति र सम्झौता नहुने बताएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल बिहिबारदेखि एक साताका लागि चीन भ्रमणमा जाँदैछ।

Advertisements

सो प्रतिनिधिमण्डलका एक सदस्य समेत रहेका परराष्ट्रमन्त्री महतले चीनका प्रधानमन्त्री ली खछियाङ र विदेशमन्त्री वाङ यीसँग भेट नहुने जानकारी गराउँदै त्यस्तो धारणा व्यक्त गरेका हुन।

परराष्ट्रमन्त्री महतले चीनसँग गरिने सहमति र समझदारीका विषय तयारीमा रहे‍को, गृहकार्य गरिरहेको बताउँदै चीनका समकक्षीसँग भेट नहुने कारणले गर्दा सम्झौता नहुने बताए। उनले भने, ‘हामी तयार छौ। तर उताका समकक्षीसँग भेट नहुने भएकाले हस्ताक्षर गर्न बाँकी राखेर भ्रमणमा जान लागेका हौ।’

साथै उनले पूर्ववर्ति सरकारले चीनसँग गरेको सम्झौता कार्यान्वयन गर्न प्रतिवद्ध रहेको समेत बताए। केरुङ-काठमाडौं रेल विस्तार, वान बेल्ड, वान रोड, रसुवागढी-काठमाडौं सडक स्तरोन्त्ति पारवहन लगायतमा सरकार सधैं प्रतिवद्ध रहेको रहेको उनको भनाइ थियो।

LEAVE A REPLY