विषय केन्द्रित स्टार विहिन फिल्मलाई ज्यादा प्रचार आवश्यक: काजोल

0
242

एजेन्सी, मुम्बई, चैत ९

Advertisements

बलिउड तथा साउथ फिल्मका बिच तारतम्य मिलाउँदै काम गरिरहेकी अभिनेत्री काजोल अग्रवालले विषयवस्तु केन्द्रित स्टारविहिन फिल्मलाई प्रचारको धेरै आवश्यक्ता हुने बताएकी छन्।

काजोलका अनुसार फिल्म दर्शकको नजरमा पर्न पनि ती फिल्महरूले धेरैभन्दा धेरै प्रचार गर्नुपर्ने बताइन्। प्रचारबिना दर्शक फिल्म हेर्न नआउने र त्यसले वक्सअफिसमा प्रभाव पार्ने भएकाले प्रचारमा ध्यान दिनुपर्ने उनको कथन छ।

अजय देवगनसँग ‘सिघंम’ र अक्षयसँग ‘स्पेशल २६’मा गरेको कामका लागि तारिफ बटुलेकी काजोलको  पछिल्लो बलिउड रिलिज ‘दो लफ्जोंकी कहानी’ले वक्सअफिसमा गतिलो प्रदर्शन गर्न असफल रहेको थियो।

काजोलको नजरमा राम्रो कथा र व्यापारिक सफलतामा यस्तो अन्तरसम्बन्ध छ।मेरो सोचमा ठूलो विषय बोकेका बलिउड स्टार विहिन साना फिल्महरूप्रति दर्शकलाई आकृष्ट गर्न धेरै प्रचार आवश्यक छ’ काजोलले भनिन्, ‘भारतजस्तो ठूलो देसमा हर शुक्रबार धेरै फिल्म रिलिज हुन्छन् जसमध्येका थुप्रै राम्रा फिल्म  त्यतिकै हराउँछन्। त्यसै कारणले होला मानिसहरूले वक्सअफिससँग नजोडी मेरो कामको मात्र तारिफ गरे।’

सन् २००४ मा बलिउड फिल्मबाट करियर सुरू गरेकी काजोलले साउथ फिल्महरूमा आफ्नो बेग्लै स्थान बनाएकी छन्। आफ्नो कामका लागि उनी पुरस्कृतसमेत छिन्।

क्षेत्रिय तथा बलिउड फिल्मका काममा उनी विशेष भिन्नता देख्दिनन्।

‘क्षेत्रिय फिल्म भन्दा पनि समग्र भारतिय फिल्म उद्योग जस्तो अनुभव गर्छु। थुप्रै प्राविधिक, कोरियोग्राफर तथा कलाकारहरू दुबै तर्फ काम गरिरहेका छन्।’

‘धेरै सहकार्य हुन थालेका छन्। त्यसकारण यो-त्यो भनेर छुटाउनु आवश्यक छैन्। हिन्दी फिल्ममा जस्तै तेलेगु फिल्महरूमा पनि महिलालाई हेरिने धारणामा परिवर्तन आइरहेको छ’, उनले भनिन्।

त्यसैगरी फिल्मको कथ्यशैली पनि समकालिन हुन थालेको र जसका कारण दुबै उद्योगका लागि राम्रो भएको पनि काजोलले बताइन्।

LEAVE A REPLY