बुधबारका लागि तय भएको काँग्रेस बैठक १३ गतेका लागि सारियो

0
228

काठमाडौँ, चैत १० गते ।   नेपाली काँग्रेसले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई स्थानीय तह निर्वाचनमा सहभागी गराउन छलफल जारी रहेकाले पार्टीको केन्द्रीय समितिको बैठक तीन दिन पर सारेको छ ।  मोर्चाका शीर्ष नेतासँग पार्टीका सभापति शेरबहादुर देउवासहितका नेताहरू सहमति जुटाउन लाग्नुभएकाले बुधबारका लागि तय भएको केन्द्रीय कार्यसमितिको बैठक पनि चैत १३ गतेका लागि सारिएको हो ।  छलफलमा सभापति देउवा र अन्य शीर्ष नेताहरूको सहभागिता छ ।

Advertisements

LEAVE A REPLY