योजनाका कुरा

0
485

-कपिलमणी ज्ञवाली

Advertisements

केही काम गरौं भन्यो कुरा अघि सर्छन्
कुरैकुरा गर्दागर्दै दिनहरू बित्छन्
सिमलेर थुंगाहरू माला उनूं भन्छु
कैले छिन्छ धागो अनि गांस्न अघि सर्छु ।

यसो गरौं उसो गरौं कुरा मात्रै हुन्छ
अब केही हुन्छ कि त भन्ने आशा जाग्छ
त्यही बाटो पछ्याउंदै लाग्छ हिंड्न खोजूँ
गरालोले बाटो छेक्छ कहाँ गई भनूं ?

सिलाउनुभन्दा गारो टाल्नु हुंदोरैछ
यस्तो उस्तो यहाँ त्यहां कानै खांदोरैछ
सिर्जनाले सुललित बग्न पाए पनि
कति राम्रो हुन्थ्यो होला हाम्रो आकाश मुनि ।

लिन खोज्यो मिठो कुरा इच्छा जगाउने
मनभरि जांगरको भाव बढाउने
खाऊँ भन्यो ओखती नि पीड़ा बल्झाउंछ
जति जोगी आए पनि कानै काट्या हुन्छ ।

हारसंग हार्नु हुन्न भन्थे बूढापाका
हारपछि जीत हुन्छ भन्नुहुन्थ्यो बुबा
लागी रहूँ लागी रहूँ मन मेरो भन्छ
पाचन शक्ति हुने मान्छे सधैं स्वस्थ बन्छ ।

कुरा गर्नेभन्दा ठूलो काम गर्ने हुन्छ
जस्ले दिन्छ उत्प्रेरणा त्यही गुरु बन्छ
सके गरूं राम्रो काम नबिगारूं केही
हृदयले यही भन्छ के गरूं र बेसी ।

LEAVE A REPLY