उ पनि बोल्छ

0
535

दुर्गाप्रसाद पोख्रेल
———————
१. देश सिंगार्ने मनसाय सुनियोजित हुनुपर्छ
चालू योजनामा उ योजित हुनुपर्छ
अनि योजना आयोगका बैठकहरूमा 
चुँई चुँई गर्ने बुद्धिजीवि जुत्ताहरूसँग
गाउँकी कुकुर्नी कुँई कुँई गरिन भने-
त्यहाँ केही छुटेको हुनुपर्छ ।
किसानको कोदालीमा अलिकति धार लगाउन बाँकी छ
संविधानमा अलिकति धान पनि रोप
तुषारोले खाला आफ्नो ‘नेपालीत्व’ छोप ।
इलामे चियाको सुर्की नसकिदै फाइल मिलाउनु-
अब त 
त्यो ‘पाटो’ पनि बोल्छ
‘दोबाटो’ पनि बोल्छ
अनि उ पनि बोल्छ
जसलाई तिमी ‘जनता’ भन्छौ ।

Advertisements

२. देखेर तिम्रा उन्नत भावहरू
किञ्चित् उज्यालिएका ग्रामीण अनुहारहरू
सुन्दर ऐना हुन्
जहाँ राष्ट्रले आफ्नो मुहार हेरिरहन्छ मुस्कुराएर
त्यहाँ सगरमाथाको नाम गनिरहनु पर्दैन
बुद्धको कहानी भनिरहनु पर्दैन
ती झल्कन्छन् आँफैं
त्यहाँ 
त्यो मूक देखिने पहाड पनि बोल्छ
वन्जरता बीच सुस्ताएको सुस्ता पनि बोल्छ
चुमेको गुराँस पनि बोल्छ
गुमेको भूभाग पनि बोल्छ
अनि 
पनि बोल्छ
जसलाई तिमीनिरीहभन्छौ !

.नबिर्सनू आँफूलाई
हिटलरहरूको उपमा दिइरहनु पर्दैन अब
प्रमिथियसका किम्वदन्तीहरू जपिरहनु पर्दैन अब
ती झिना मसिना नै भैसके
काखीका पसिना झैँ गैसके
गाउँदा अब गीतहरू
सुरहरूमा अलिकति डाँफे बोलोस्
शव्दहरूमा राराको निस्तब्धता पनि बोलोस्
गण्डकी जस्तै गड्गडाएका हाम्रा रहरहरू
वाग्मती जस्तै व्याकुल अस्ताउनु हुन्न 
अब  
तराईकोधोतीपनि बोल्छ
पहाडकोटोपीपनि बोल्छ
त्योचरिकोटेपनि बोल्छ
लेककोभोटेपनि बोल्छ
अनि 
पनि बोल्छ
जसलाई तिमीशेषठान्छौ
जसलाई तिमीदेशमान्छौ !

. आकाशका नीला फूलहरूले जीवन चल्दैन
आश्वासनका लाइटरहरूले घरको चूलो बल्दैन
व्यवस्थामा अकिञ्चन मनहरू प्रवाहित भएनन् भने
नेतृत्वमा दधिचिका हाडहरू समाहित भएनन् भने
हिरण्यकशिपुको अट्टहासमा
गुम्फिएर
नारकीयताभित्र
प्रह्लादका मौनताहरू टिकिरहन सक्दैनन्
औरस भावनाहरू स्वार्थमा बिकिरहन सक्दैनन्
अब  
दुर्गमकीदिलसरापनि बोल्छे
सुगमकीअप्सरापनि बोल्छे
खर्ककोसाँहिलोपनि बोल्छ
जुम्लाकोकाँहिलोपनि बोल्छ
अनि पनि बोल्छ
जसलाई तिमीलाटोगन्छौ
जसलाई तिमीमाटोभन्छौ !

LEAVE A REPLY