सुनिल ग्रोवर सुटिङमा नआएपछि सेटमै रोए कपिल शर्मा

0
399

चैत १०  ,  एजेन्सी  नायक तथा हास्यकलाकार कपिल शर्माको पछिल्लो पटकको सहकर्मी (सुनिल ग्रोवर र चन्दन प्रभाकर) सँगको झगडा कसैसँग लुक्न सकेको छैन । वास्तवमा, झगडा भएदेखिकै यो अहिलेसम्मको चर्चित विषय बन्न सफल भएको छ ।

Advertisements

झगडाले यति उग्र रुप लियो कि कार्यक्रमका निकै चर्चित पात्र डा. गुलाटी (सुनिल ग्रोवर) ले ‘द कपिल शर्मा शो’ छाड्ने निर्णय गरे ।

यद्यपी, कपिल शर्माले आफूले ठूलो गल्ती गरेको भनी ट्वीटरमा माफी नमागेका पनि होइनन् । यद्यपी, कपिलको पटक पटकको दुर्व्यवहारले सुनिलको मनमा गहिरो चोट परिसकेको थियो जसका कारण उनले कपिललाई माफी दिन सकेनन् । स्थिती अझै गम्भीर भयो जब सुनिलसँगै कार्यक्रमका अर्का सदस्य चन्दन प्रभाकरले पनि कार्यक्रम छोड्ने निधो गरे । ‘नाम शबाना’ का स्टारकास्ट मनोज बाजपेई र तप्सी पानुसँगको सुटिङमा यी दुई (सुनिल, चन्दन) उपस्थित भएनन् ।

कपिल र सुनिलको मनमुटावलाई मिलाउने काम सिद्दुलाई सुम्पिएको बताइएको छ तर ग्रोव र र प्रभाकरले सकारात्मक टिप्पणी नदिएपछि यसको पनि औचित्य भएन ।

स्रोतका अनुसार सुनिल र प्रभाकर सुटिङका लागि उपस्थित नभएपछि कपिल कार्यक्रमको सेटमा नै रोएका छन् । यी दुईले कार्यक्रमको अर्को भाग पनि सुटिङ नगर्ने बताएपछि कपिल भावुक भएका हुन् ।

LEAVE A REPLY