१० वर्षभित्र मुलुक कृषिमा आत्मनिर्भर हुन्छ : कृषिमन्त्री चौधरी

0
250

चैत १०,काठमाडौं । कृषि विकासमन्त्री गौरीशंकर चौधरीले सरकारले १० वर्षभित्र मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताएका छन् । यसका लागि सरकारले योजना पनि बनाएको उनको भनाई छ ।

Advertisements

बिहीबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषिमा आत्मनिर्भर हुनेगरी सरकारले बनाएको योजनाका साथ काम गर्न कृषिसँग सम्बन्धित सबै निकायलाई निर्देशन दिए । कृषि मन्त्रालयले सबै जिल्लाको उत्पादनको लागत हेरी कृषिलाई व्यवसायिकरण गर्ने कार्यक्रम तय गरेको उल्लेख गर्दै उनले त्यसलाई कार्वान्वयनमा लैजान मातहतका सबै निकायलाई सचेत पनि गराए । कृषि मन्त्रालयले उत्पादन लागतका आधारमा कृषिको व्यवसायिकीकरण र आधुनिकीकरण गर्ने योजना अघि सार्दैै आएको छ ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. युवराज खतिवडाले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन किसानलाई जमिनको मालिक बनाउनुपर्ने आवश्यकता औंल्याए । जमिनको स्वामित्व किसानसँग नभएकै कारण मुलुक आत्मनिर्भर बन्न नसकेको उनको तर्क छ ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका खतिवडाले जमिनमाथि किसानको स्वामित्व स्थापित गराउन सबै पक्ष लाग्नुपर्नेमा पनि जोड दिए ।

LEAVE A REPLY