नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक जवान मृत भेटिए

0
303

रत्ननगर (चितवन), चैत १० गते । चितवनको देवघाटबाट नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक सैनिक जवान सरोज पोखरेल पाँच दिनपछि मृत भेटिएका छ्न । जवानको शव ११ किलोमिटर तल नारायणी नदीमा फेला परेको छ । नेपाली सेना र प्रहरीको संयुक्त खोजतलास टिमले उनको शव पाँच दिनपछि फेला पारेको हो ।

Advertisements

उनको शव बुधबार पश्चिम चितवनको काभ्रेघाटस्थित नारायणी किनारमा फेला परेको र अहिले उनको शवलाई भरतपुर अस्पतालमा राखिएको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । गएको चैत ५ गते अपराह्न चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटबाट नारायणी नदीमा एकजना किशोरीसहित सैनिक जवान सरोज पोखरेल नदीमा हाम्फालेका थिए । प्रहरी टोलीले महिलालाई सकुशल उद्धार गरेपनि पोखरेल बेपत्ता भएका थिए ।

चितवनको भरतपुर महानगरपालिका–२२ की १८ वर्षीया सम्झना पौडेललाई सोही दिननै उद्धार गरिएको भएपनि पोखरेल भने बेपत्ता भएका थिए ।पश्चिम चितवनको पार्वतीपुर निवासी २२ वर्षीय पोखरेल नेपाली सेनाको विपद् व्यवस्थापन गण, रसौली, चितवनमा कार्यरत थिए । रासस

 

LEAVE A REPLY