अपहरणको पोल खुल्ने डरले आफ्नै समुहकको युवतीको हत्या, दुई अपहरणकारी पक्राउ

0
228

काठमाडौं, चैत १०– व्यापारी अपहरण र त्यसपछि अपहरणकारी समुहकै एक युवतीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

Advertisements

गत फागुन ५ गते काठमाडौंको मखनगल्लीमा सञ्चालित न्यु जागिज साडी र साडी संसारका सञ्चालक श्याम सुन्दर अग्रवालको अपहरणमा संलग्न समुहकै युवती धादिङकी राधिका श्रेष्ठको फागुन २० गते भक्तपुरको वागेश्वरी गाविस ४ स्थित मुहान पोखरी भन्ने स्थानमा हत्या गरिएको अवस्थामा शब फेला परेको थियो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश आमात्यले अनुसन्धानको क्रममा उनीहरुको संलग्नता पाइएपछि पक्राउ गरिएको जानकारी दिए । प्रहरीले हत्या तथा अपहरणको मुख्य योजनाकार प्रकाश लामिछाने भने फरार रहेको जनाएको छ । भक्तपुर जय वागेश्वरीकै प्रकाश र मृतक राधिकाबीच प्रेम सम्बन्ध रहेको र उनकै योजनामा अग्रवालको अपहरण भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रकाशकै योजनाअनुसार राधिकाले जरुरी काम रहेको भन्दै फागुन ५ गते अग्रवाललाई सुन्धाराको सनराइज गेस्ट हाउसमा बोलाइएको र त्यहाँ पुगेपछि होटलको कोठा नम्बर ४०४ नम्बरमा बन्धक बनाएर १० लाख ५० हजार फिरौती मागेर छाडिएको थियो ।
पछि अपहरण काण्ड प्रहरीसम्म पुगेपछि पोल खुल्ने डरले प्रकाशकै योजनामा राधिकाको हत्या भएको एसएसपी अमात्यले बताए ।

LEAVE A REPLY