माओवादीले मात्रै देशलाई एकताबद्ध गर्न सक्ने प्रधानमन्त्रीको दाबी

0
296

चैत ११, काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले मात्रै देशलाई एकताबद्ध गर्न सक्ने बताउनुभएको छ ।मोहन बैध नेतृत्वको माओवादी क्रान्तिकारी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले गणतन्त्र, संघीयता, लोकतन्त्र, समावेशिता, समानुपातिकता, धर्म निरपेक्षतासहितका उपलब्धीहरु माओवादी नेतृत्वमै प्राप्त भएकाले यसको रक्षा र थप उपलब्धी हासिल गर्न पनि माओवादीकै नेतृत्व अपरिहार्य रहेकोमा जोड दिनु भयो ।
प्रधानमन्त्रीले माओवादी आन्दोलनलाई पुर्नसंगठित गर्ने अभियानमा आफू लागेको बताउँदै छरिएर रहेका सबै माओवादीलाई एकतावद्ध हुन आग्रह गर्नु भयो । उहाँले माओवादीहरु एकतावद्ध हुँदा जनतामा आशाको सञ्चार भइरहेको बताउँदै एकता अभियान जारी रहने बताउनु भयो ।माओवादी केन्द्रमा समाहित हुनेहरु माओवादी क्रान्तिकारी भेरी कर्णाली इन्चार्ज धनजित शाही, कालिकोट सेक्रेटरी दुर्गाप्रसाद काफ्ले, मुगु सेक्रेटरी सुरबहादुर बुढासहित सयभन्दा बढी नेता, कार्यकर्ता हुनुहुन्छ ।कम्रेड प्रचन्ड डट कम बाट

Advertisements

LEAVE A REPLY