प्रधानमन्त्री र बंगलादेशका सभामुख डा.शिरिन शर्मिन चौधरीबीच शिष्टाचार भेट

0
310

चैत ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशका सभामुख डा.शिरिन शर्मिन चौधरीबीच शिष्टाचार भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा हिजो दिउसो भएको भेटमा नेपाल र बंगलादेशबीचको सम्बन्धका विषयमा छलफल भएको छ ।भेटका अवसरमा प्रधानमन्त्रीले नेपाल र बंगलादेशबीच १९७२ देखि सुमधुर कुटनैतिक सम्बन्ध रहँदै आएको र हालसम्म कुनै समस्या नरहेको बताउँदै सभामुख ज्यूलाई नेपालमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।बंगलादेशका सभामुखले प्रधानमन्त्रीलाई बंगलादेश भ्रमणको निम्तो दिनु भयो । उहाँले नेपालको संविधान र शान्ति प्रक्रिया विश्वकै नमूना भएको बताउँदै यसवाट संसारले सिक्न सक्ने बताउनु भयो । उहाँले नेपालको संविधान धेरै प्रगतिशील रहेको र यसले महिलालाई धेरै अधिकार सम्पन्न बनाएको भनाई राख्दै यसका लागि प्रधानमन्त्रीलाई बधाई र धन्यवाद व्यक्त गर्नु भयो ।

Advertisements

LEAVE A REPLY