आज विश्व क्षयरोग दिवस

0
293

काठमाडौ, ११ चैत ।क्षयरोग अन्त्य का लागि एक हौँ’ (युनाइट टु इन्ड टिबी) भन्ने नाराका साथ संसारभर क्षयरोग दिवस मनाइँदैछ आज विश्व क्षयरोग दिवस मनाइदै छ ।  नेपालमा पनि टिभि रोगको किटाणु पत्ता लागेको दिनको सम्झनामा स्वास्थ्य क्षेत्र सँग सम्बन्धित बिभिन्न संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरेका छन ।

Advertisements

जर्मन वैज्ञानिक डा.रबर्ट कक्ले क्षयरोगको किटाणु माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस पत्ता लगाएको ठीक एक सय वर्षपछि अर्थात सन् १९९२ मार्च २४ देखि विश्व क्षयरोग दिवस मनाउन थालिएको हो ।

नेपालमा क्षयरोग निको हुने दर राम्रो भएता पनि अझै वार्षिक रूपमा करिब ३२ हजार तिनसय ७६ जना बिरामी रहेको केन्द्रिय तथ्यांक बिभागले जनाएको छ । दैनिक सरदर १२ जनाको क्षयरोगकै कारण मृत्यु हुने गरे विश्व स्वास्थ्य संगठनले जनाएको छ । अझैपनि चेतनाको अभावसँगै उपचार गर्न नजाने गरेका कारण यो रोगप्रतिको चुनौती बढदै गइरहेको छ ।

दिवसका अवसरमा भक्तपुरको ठिमीमा रहेको राष्टिय क्षयरोग केन्द्र लगायत अन्य संघसंस्थाले पनि जनचेतनामुलक कार्यक्रमको आयोजना गरेका छन ।

 

LEAVE A REPLY