ब्राजिलको विश्वकपमा छनोट हुने सम्भावना बलियो

0
241

चैत ११,काठमाडौं ।  ब्राजिलले आगामी बर्ष रुसमा हुने विश्वकप फुटबलको छनौट खेलमा  सहज जित निकालेको छ । विश्वकप छनौट अन्तर्गत शुक्रबार बिहान भएको दक्षिण अमेरिकी महादेशको छनोटमा ब्राजिलले उरुग्वेलाई ४–१ ले पराजित गरेको हो ।

Advertisements

उरुग्वेको घरेलु मैदानमा भएको खेलमा ब्राजिललाई जित दिलाउन मिडफिल्डर पाउलिन्होले ह्याट्रिक गरे । त्यस्तै ब्राजिलको जितमा नेयमारले एक गोल थपे । उरुग्वेका इडिसन काभानीले एक गोल फर्काए । जितसँगै ब्राजिलले विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।

LEAVE A REPLY