लेखा समितिको बैठक स्थगित ,सांसदको निधनप्रति शोक व्यक्त गर्दै

0
220

एमाले सांसद दुलारी देवी साहको निधनप्रति शोक व्यक्त गर्दै व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिको शुक्रबारको बैठक स्थगित भएको छ ।

Advertisements

मेलम्ची खानेपानीको विषयमा छलफल गर्न बोलाइएको शुक्रबारको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

भारतको सितामडीमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाईते भई उपचाररत सांसद देवीको विहीबार राति ललितपुरस्थित बी एण्ड बी अस्पतालमा निधन भएको थियो ।

सर्लाही निवासी ४६ वर्षीया साह एमालेबाट समानुपातिक सांसद थिइन् । समितिले स्वर्गीय सांसद देवीको शोक सन्तप्त परिवारजनप्रति पनि हार्दिक समवेदना व्यक्त गरेको छ ।

सांसद साहको श्रीमा्न, २ छोरा र २ छोरी छन । २०५२ सालयता सांसद देवी एमालेको विभिन्न जनवर्गीय संगठनमा रहेका काम गर्दै आएकी थिइन् ।

समितिको आजको बैठकमा मेलम्ची खानेपानीका सम्बन्धमा छलफल गर्ने कार्यसूची तय गरिएको थियो ।

LEAVE A REPLY