मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत एमाले दुई नम्बर प्रदेशमा नयाँ सन्दर्भसहित जाने

0
225

काठमाडौं । नेकपा एमालेले दुई नम्बर प्रदेशलाई लक्षित गरि विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत प्रदेश नं. २ मा स्थगित गरिएका कार्यक्रमहरुलाई नयाँ सन्दर्भसहित अघि बढाउने निर्णय गरेको हो ।

Advertisements

बैठकले २ नम्बर प्रदेश संगठन कमिटीको नेतृत्वसँगको परामर्श अनुसार चैत १६ र १७ गते महोत्तरीको बर्दिबासमा दुई नम्बर प्रदेश स्तरीय बृहत् कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त भेलामा २ नम्बर प्रदेश का सबै केन्द्रीय सदस्यहरू, सांसदहरु, प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, निर्वाचन क्षेत्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरू, इलाका, नगर तथा गाउँ कमिटीका पदाधिकारीहरू, जनसंगठनका केन्द्रीय तथा जिल्ला कमिटी सदस्यहरुको सहभागिता रहने एमालेले जनाएको छ ।

प्रदेश भेला सम्पन्न भएको एक हप्ताभित्र उक्त प्रदेशका सबै जिल्लाहरुमा जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलाको आयोजना गर्ने एमालेको लक्ष्य छ । ती भेलाको मिति सम्बन्धित जिल्ला कमिटीलाई तोक्न निर्देशन दिइएको छ ।

LEAVE A REPLY