(सीके) राउतलाई सिरहाअदालतले पाचौंपटक थप १० दिन थुनामा राख्न आदेश

0
267

माघ ५ गते सिरहाको लहानमा आयोजित सभामा देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोपमा धनुषाको जनकपुरबाट पक्राउ परेका (सीके) राउतलाई सिरहा अदालतले शुक्रबार पाचौंपटक थप १० दिन थुनामा राख्न आदेश दिएको छ ।जनकपुरबाट पक्राउ परेका राउतलाई पहिलोपटक गत माघ २१ गते दस दिनसम्म थुनामा राख्ने आदेश दिइएको थियो । यसअघि सिरहा जिल्ला अदालतले दोस्रोपटक फागुन १ गते १० दिन, तेस्रोपटक फागुन ११ गते १० दिन र चौथोपटक फागुन २१ मा २० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

Advertisements

सप्तरीको महादेवा गाविस घर भई जनकपुरमा कोठा भाडामा लिएर बस्दै आएका राउतलाई गत माघ २० गते जनकपुरस्थित माछाबजारनजिकै कोठामा छापा मारेर प्रहरीले पक्राउ गरेको थियो । राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लवको मुद्दा चलेको थियो । तर, उनी उक्त मुद्दामा धरौटीमा छुटेका थिए ।राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ मा कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा जन्मकैद हुने व्यवस्था रहेको कानुन व्यवसायीले बताएका छन् ।यसैबीच, डा. राउतलाई म्याद थपका लागि अदालत लैजाने क्रममा सदरमुकाम सिरहा बजारमा ढुंगामुढा गर्न खोज्ने राउत समर्थित एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।अन्नपूर्ण पोस्ट् दैनिक बाट 

LEAVE A REPLY