नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

0
237

१३ चैत, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि ललितपुरस्थित बीपी कोइराला स्मृति भवनमा बस्ने भएको छ ।निकै लामो समयपछि बस्न लागेको केन्द्रीय समितिको बैठक विशेषगरी स्थानीय निर्वाचनमा केन्द्रित हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा स्थानीय निकायको निर्वाचनका लागि घोषणापत्र निर्माण समिति, निर्वाचन परिचालन समिति, प्रचार प्रसार समिति गठन हुने, गाउँपालिका र नगरपालिकाको परिवर्तित संरचना अनुरूप पार्टीको संरचना निर्माण गर्नेलगायतका विषयहरू छलफल हुने पौडेलले बताउनुभयो । पार्टीको कार्यसम्पादन समितिलाई पनि यसै बैठकले पूर्णता दिने छ । केन्द्रीय समितिको बैठक बस्न नसकेको अवस्थामा कार्यसम्पादन समितिलाई सम्पूर्ण कार्य गर्ने अधिकार दिने गरिन्छ ।

Advertisements

बैठकले पार्टीको विभाग सङ्ख्याबारे पनि टुङ्गो लगाउने सचिवालयले जनाएको छ । पार्टीको लेखा समिति, निर्वाचन समितिको संयोजक, अनुशासन समितिलाई पनि यस पटकको बैठकले पूर्णता दिने अपेक्षा गरिएको छ तर पार्टी सभापतिले नियुक्त गर्ने उपसभापति महामन्त्री, सहमहामन्त्री तोकिने वा नतोकिने विषय भने बैठकको कार्यसूचीमा नपरेको जनाइएको छ ।
बैठक गत १० गते नै बस्ने भनिए पनि मधेशी मोर्चासित वार्ता भइरहेकाले आइतबारका लागि सारिएको जनाइएको थियो । यसअघि गत कात्तिकमा काँग्रेसको केन्द्रीय समितिको बैठक बसेको थियो ।News24Nepalबाट

LEAVE A REPLY