निर्वाचन गराउनका लागि एमाले सरकारलाई सहयोग गर्छ: महासचिव पोख्रेल

0
219

नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गराउनका लागि एमालले सरकारलाई सहयोग गर्ने बताएका छन ।प्रेस चौतारी नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा पोख्रेलले देशमा राजनीतिक सङ्क्रमणको अन्त्य तथा संविधान कार्यान्वयनसहित मुलुकलाई आत्मनिर्भर बनाउन निर्वाचनको विकल्प नरहेको बताए ।

Advertisements

महासचिव पोख्रेलले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि जिम्मेवार राजनीतिक दलका हैसियतले एमाले क्रियाशील रहेको उल्लेख गर्दै कुनै पनि बहानामा निर्वाचन प्रभावित बन्न नहुनेमा जोड दिए ।पार्टीको नीतिअनुसार जनताले पत्याएका र लोकप्रिय नेता तथा कार्यकर्ताले नै निर्वाचनमा उम्मेदवार बन्न सक्ने स्पष्ट पार्दै उनले उम्मेदवार चयनका लागि केन्द्रबाट कुनै दबाब नदिइने विश्वास व्यक्त गरे ।

महासचिव पोख्रेलले एमालेले सञ्चालन गरेको मेचीकाली अभियानअन्तर्गत यसअघि स्थगित भएका प्रदेश नं २ का कार्यक्रम यही चैत १६ र १७ गते सञ्चालन गरिने जानकारी दिदैं मधेस, पहाड र तराईलाई छुट्याउने गरी पेस गरिएको संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीले समर्थन गर्न नसक्ने बताए ।

 

LEAVE A REPLY