काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन

0
223

चैत्र १३ , काठमाडौं–आजबाट शुरु भएको काँग्रेस केन्द्रीय कार्य समिति वैठकले २९ सदस्यीय कार्य सम्पादन समितिलाई अनुमोदन गरेको छ । काँग्रेसका एक केन्द्रिय  नेताका अनुसार वैठकबाट २९ सदस्यीय समिति टुंगिएको छ ।

Advertisements

पार्टी विधानमा सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमिति बैठकले पास गर्ने प्रावधान छ । त्यहीँ अनुसार आज केनद्रीय समितिमा पेश भएको थियो । कांग्रेसको केन्द्रमा कार्यसम्पादन समिति, निर्वाचन समिति, अनुशासन समिति, संसदीय समिति, लेखापरीक्षण समिति, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान, ज्येष्ठ राजनीतिज्ञ सभा तथा ४२ विभाग छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने भएका थिए । देउवा र नेता रामचन्द्र पौडेलबीच कार्यसम्पादन समिति गठनमा मोटामोटी सहमति यस अघि नै भइसकेको थियो । दुई नेताबीच पदेन सदस्यबाहेक केन्द्रीय कार्यसमितिको वरीयताक्रमअनुरूप २२ जनालाई कार्यसम्पादन समितिमा राख्ने सहमति भएको थियो । त्यहीँ अनुसार आज कार्य सम्पादन समितिको टुंगो लागेको हो ।

कांग्रेस विधानको धारा २९ ले समितिका पदेन सदस्यबाहेक केन्द्रीय समितिले बढीमा २२ जना सदस्य चयन गर्न सक्ने व्यवस्था गरेको छ । विधानअनुरूप सभापति अध्यक्ष रहने समितिमा नेता, उपसभापति, दुई महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री पदेन सदस्य हुन्छन् । त्यसबाहेक संसदीय दलका नेता र पार्टी प्रवक्ता पनि स्वतः समिति सदस्य रहन्छन् । तर, सभापतिको सिफारिसमा केन्द्रीय समितिको बहुमतले मनोनयन गर्ने उपसभापति, एक महामन्त्री र सहमहामन्त्री मनोनयन भइनसकेकाले उनीहरूको स्थान खाली रहनेछ ।

 

LEAVE A REPLY