एसएसबीबाट हत्या गरिएका साहको परिवारले १० लाख पाउने

0
262

१३ चैत, काठमाडौं । ६ बर्षअघि भारतीय सीमा सुरक्षा बल एसएसवीले गोली हानी हत्या गरेका मोरङ अमाही बरियातीका बासुदेव साहको परिवारलाई सरकारले पूर्वघोषित १० लाख राहत उपलब्ध गराउने भएको छ ।

Advertisements

सोमबार बिराटनगरमा हुने पूर्वाञ्चल क्षेत्रीय सुरक्षा बैठकपछि गृहमन्त्री बिमलेन्द्र निधिले शहीदका परिवारलाई क्षतिपूर्ति रकमको चेक हस्तान्तरण गरिने गृहमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

२०६७ जेठ ११ गते एसएसवीको गोली प्रहारबाट मृत्यु भएका शाहको परिवारलाई तत्कालिन जिल्ला सुरक्षा समितिले शहीद घोषणा गर्दै क्षतिपूर्ति प्रदान गर्न गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

LEAVE A REPLY