फोहोरको थुप्रोमा राइफलको १९ थान गोली भेटियो

0
247

चैत १३,काठमाडौं । प्रहरीले काठमाडौंको अस्कल क्याम्पस नजिकैको सडकमा थुपारेको फोहोरको थुप्रोमा राइफलको १९ थान गोली फेला पारेको छ । फोहोरको थुप्रोमा ६.५ एमएमको १९ राउन्ड गोली भेटिएको प्रहरीले जनाएको छ ।

Advertisements

प्रहरीको राइफलमा लाग्ने १९ थान गोली कसले फोहोरको थुप्रोमा फाल्यो भनेर प्रहरीले अनुसन्धान थालेको काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले बताए ।

भेटिएको गोलीबारे अनुन्धान गर्न महानगरीय प्रहरी वृत्त दरबारमार्गको प्रहरी टोली परिचालन गरिएको छ ।

LEAVE A REPLY