प्रधानमन्त्रीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्दै

0
252

१४ चैत, काठमाडौं । गत चैत १० गते साताव्यापी भ्रमणका लागि चीन प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले  चौथो दिन आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्दैछन् । बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा हुने उक्त भेटमा आपसी हितका बारेमा छलफल हुने बताइएको छ । माहाशक्ती रास्ट्र हुने होड मा लागिरहेको चीन र उक्त देश का राष्ट्रपतिसँग हुन लागेको उक्त भेटलाई विशेष महत्वका साथ हेरिएको छ । भेटवार्तामा प्रधानमन्त्री दाहालले राष्ट्रपति पिङलाई नेपाल भ्रमणको निम्तो समेत दिनेछन् ।

Advertisements

भेटमा चीनको ‘वान रोड, वान बेल्ट’ अवधारणमा नेपालको साझेदारीसँगै नेपालको विकासमा चिनियाँ सहयोग र चीनको ‘एक चीन नीति’मा नेपालको धारणबारे पनि छलफल हुने बताइएको छ ।

त्यस्तै पारवहन तथा यातायातसम्बन्धी गत वर्ष भएको सम्झौताका आधारमा तयार गरिएको प्रोटोकल, विद्युत् प्रसारणलाइन तथा ग्रिडलगायत सीमासम्बन्धी विषयमा छलफल हुनेछ । लगानी, सरकारी संस्थाहरूको क्षमता अभिवृद्धि, रेलवे, पूर्वाधारलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

LEAVE A REPLY