नेपालद्वारा पाकिस्तानलाई १८१ रनको लक्ष्य पेश

0
228

चैत १४,काठमाडौं । नेपालले बगंलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानको यु–२३ टोलीलाई १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

Advertisements

बङ्गलादेशको शेखकमल अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले टेष्ट मान्यता प्राप्त पाकिस्तानबिरूद्ध निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १८० रन बनायो । नेपालले दिएको लक्ष्य लिएर पाकिस्तानको यु–२३ टोलीले केही बेरमा जवाफी व्याटीङ गर्नेछ  ।

एक दिवसीय फर्म्याटमा हुने इमर्जिङ टिम्स कपको दोस्रो खेलमा नेपालले मंगलबार आयोजक बंगलादेशको यु–२३ टोलीसँग खेल्नेछ  । त्यस्तै समुह बि मा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा बिहीबार हङकङसँग खेल्ने छ । समूहको दुई शिर्ष टोलि दोस्रो चरणमा पुग्नेछन् । दोस्रो चरणमा पुग्न नेपाललाई कम्तिमा दुई खेल जित्नै पर्ने दबाब छ ।

दोस्रो पटक हुन् लागेको इमर्जिङ कपमा टेष्ट र एसोसियट गरि आठ टोलीको सहभागिता रहेको छ । एसपटक टेष्ट राष्ट्रबाट भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाको यु २३ टोलीले सहभागिता जनाउनेछन् । त्यस्तै एसोसियटमा नेपालसहित, अफगानिस्तान, हकङङ र युएईका राष्ट्रिय टोलीको सहभागिता रहनेछ । एसअघि सन् २०१३ मा इमर्जिङ कप सिंगापुरमा भएको थियो ।

LEAVE A REPLY