पाकिस्तान यू-२३ टोलीसमक्ष नेपालले १८० रनको बिजय लक्ष्य पेश

0
238

१४ चैत, काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको नेपालले पाकिस्तान यू-२३ टोलीसमक्ष १८० रनको बिजय लक्ष्य पेश गरेको छ ।

Advertisements

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १७९ रनको योगफल तयार गर्‍यो ।

सुरुवाती तीन ब्याट्सम्यान सस्तैमा आउट भएपनि नेपालका लागि ओपनर सुनील धमला र अनुभवी ब्याट्सम्यान शरद भेषावकरले इनिङ संहालेका थिए ।ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल २, सागर पुन ४ र दिपेन्द्र सिंह ऐरी १४ रनमा पेविलियन फर्किएपछि आएका शरदले सुनीलसँग मिलेर पारी उकासेका थिए । सुनीलले १२६ बलमा ४३ र शरदले ५८ बलमा ३८ रनको योगदान गरे ।

त्यस्तै विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीले नेपालको खातामा २४ रन जोडे । उनले ३१ बल खेलेर १ छक्का प्रहार गरे । आरिफ शेखले १८ रनको योगदान गरे ।

नेपाललार्इ यस्तैमा समेट्ने क्रममा पाकिस्तानमा गुलाम मुदासार एक्लैले ५ विकेट लिए भने उसामा मिरले पनि २ विकेट लिए । पाकिस्तानी टोलीले केहिबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

 

LEAVE A REPLY