रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै

0
235

१५ चैत, काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ । मतदान  बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुने तालिका छ । । निर्वाचनमा अनेरास्ववियुबाट टपेन्द्रबहादुर शाही, नेविसंघबाट उत्तम साउद र क्रान्तिकारीबाट ध्रुवराज वाग्लेको समूह  मैदानमा छ । आरआरमा करिब तीन हजार पाँच सय भन्दा बढी मतदाता छन् । निर्वाचनमा एमालेनिकट  अनेरास्ववियु र कांग्रेसनिकट नेविसंघ बीच नै प्रतिस्पर्धा हुने बुझिएको छ ।

Advertisements

विभिन्न विवादका कारण आरआरमा दुई पटक स्ववियु निर्वाचन स्थगित भएको थियो । विद्यार्थी संगठनको विवादका कारण त्रिभुवन विश्व विद्यालयले तोकेको मिति आर्थात् फागुन १८ गते निर्वाचन हुन सकेको थिएन । त्यसपछि निर्वाचन फागुन २३ गतेका लागि तोकिएको थियो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहीता लागू भएको भनेपछि २३ गतेको निर्वाचन पनि सरेको थियो ।चैत २ गते सर्वोच्च अदालतले तत्काल निर्वाचन गर्न आदेश दिएपछि मंगलबारका लागि आरआरमा निर्वाचन गर्न लागिएको हो ।

LEAVE A REPLY