आरआरमा स्ववियु निर्वाचन : बाहिर झडप, भित्र मदतान

0
255

१५ चैत, काठमाडौं– केही विद्यार्थी संगठनको बहिस्कारकाबीच प्रर्दशनीमार्गस्थित आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अगाडि बढेपछि तनाव उत्पन्न भएको छ ।

Advertisements

भित्र मतदान भैरहदा बाहिर चाहीँ नाराबाजी भएको हो ।उच्च सुरक्षा घेराभित्र मतदान भैरहेको छ ।

विहान ८ बजेबाट हुने भनिएको मतदान झण्डै एक घन्टा ढिलो गरी सुरु भएको छ ।

त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ । विद्यार्थीहरुले ढुंगामुढा गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनका रुपमा केही विद्यार्थी संगठनले चुनाव रोक्न माग गर्दै प्रदर्शन गरेका छन् ।

 

LEAVE A REPLY