घोडाको विषयमा हाइकु वाचन

0
321

चैत १५,काठमाडौँ । नेपालमा घोडेजात्राको अवसरमा घोडा विषयमा पहिलो पटक ‘हाइकु’ कविता वाचन गरिएको छ ।

Advertisements

घोडेजात्राको अवसरमा सोमबार नेपाल हाइकु केन्द्रबाट पहिलो पटक ‘घोडा’ विषयमा सातदोबाटो, ललितपुरमा आयोजना गरिएको हाइकु वाचन कार्यक्रममा करिब २० जना साहित्यकारले हाइकु वाचन गरेका थिए ।
कार्यक्रममा प्रसिद्ध साहित्यकार तथा हाइकुकारले घोडासम्बन्धी ‘बिम्व’ राखेर रचना गरिएको हाइकु कविता वाचन गरेका थिए ।

उक्त अवसरमा कला र कविताको सङ्गम ‘हाइगा’ विशेष नेपाली हाइकु पत्रिका विमोचन गरिएको थियो । हाइकु जापानी शैलीमा लेखिएको तीन हरफको कविता हो ।

प्राध्यापक रामकुमार पाँडे, गुप्तबहादुर श्रेष्ठ, लालबहादुर भुजेल, मङ्गलनारायण जोशी, विष्णुबहादुर श्रेष्ठ, सुष्मा मानन्धर, बमबहादुर जीताली, धर्म राजकर्णिकार तथा अतृप्त पाण्डेले हाइकु कविता वाचन गरेका थिए ।
प्रसिद्ध यौन साहित्यकार पुस्कर लोहनीले नेपालमा हाइकुको राम्रो सम्भावना रहेकाले यसको विकास गर्न अत्यन्तै आवश्यक रहेको बताए । नेपालमा पहिलो पटक विसं २०१९ मा शङ्कर लामिछानेले यस किसिमको कविता लेखेका थिए । रासस

LEAVE A REPLY