नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि

0
286

चैत १५,काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी छ । केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रस्ताव र मुलुकको समसामयिक राजनीतिक विषयमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्नेक्रम सोमबार नसकिएपछि बैठक आज पनि जारी छ ।

Advertisements

पार्टीको केन्द्रीय कार्यालय सानेपामा  आइतबारदेखि सुरु भएको बैठकले यसअघि सभापति देउवाको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरिसकेको छ भने पार्टीका ४२ वटा केन्द्रीय विभाग कायम गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति र केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारी समितिसमेत गठन गरिसकेको छ ।

LEAVE A REPLY