बंगलादेशद्वारा नेपाललाई २५८ रनको लक्ष्य पेश

0
271

चैत १५ , काठमाडौं । एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि बंगलादेशबाट  २५८ रनको लक्ष्य पाएको छ ।

Advertisements

बङ्गलादेशको शेखकमल अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले व्याटीङको निम्तो पाएको बगंलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५७ रन बनायो । सुरूवाती ब्याटीङ लाइन धर्मराएको बगंलादेशको पारी मोमिनुल हक र नासीर हुसेनले उकासेका थिए । नासीरले १०९ रनको सतकिय पारी खेले । त्यस्तै मोमिनुल हकले ६१ तथा हसन राजुले २९ रन जोडे । नेपालका अविनास कर्णले ३ ,सन्दिप लामिछाने २ तथा कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिहं एैरी र महेबुब आलमले एक एक विकेट लिए ।

 नेपाली टोली केही बेरमा ब्याटिङमा उत्रँदैछ ।  । दोस्रो चरणमा पुग्न नेपाललाई बगंलादेशसगंको खेल जित्नैपर्ने दबाब छ । नेपाल सोमबार भएको पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।

 

LEAVE A REPLY