सेयर बजार ५ प्रतिशत उकालो

0
259

चैत १५,काठमाडौं । सेयर बजार आज (मंगलबार) ५ प्रतिशत बढेको छ । पछिल्लो समय निरन्तर उकालो लागेको बजार आज ७७ अंक बढेर १६ सय १० अंकमा पुगेको छ ।

Advertisements

आज उत्पादनमूलकबाहेक सबै क्षेत्रको सेयर मूल्य बढेको छ । आज १ अर्ब ३८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी सेयर कारोबार नेपाल बंगलादेश बैंकको भएको छ । बंगलादेश बैंकको सेयर प्रतिकित्ता साढे ७ सयमा ९ करोड ४४ लाख लाख ७६ हजार कित्ता सेयर कारोबार भएको छ ।

पछिल्लो समय सेयर खरिदको चाप बढेपछि बजार उकालो लागेको हो ।

LEAVE A REPLY