लोहनीले गठन गरे नयाँ पार्टी, औपचारिक घोषणा भोलि

0
281

चैत १५ ,काठमाडौं । हालै मात्र राप्रपा छाडेका डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) पार्टी गठन गरेका छन् । केशरबहादुर विष्टसँग मिलेर लोहनीले नयाँ पार्टी खोलेका हुन् ।

Advertisements

लोहनीले खोलेको नयाँ पार्टीको औपचारिक घोषणा भने भोलि अर्थात बुधबार हुने बताइएको छ । भोलि विहान पार्टी दर्ता गर्ने र दिउँसो पार्टी गठनको घोषणा गरिने बताइएको हो ।

नयाँ पार्टीमा विष्ट पार्टीका वरिष्ठ नेता हुनेछन् भने राप्रपा समानान्तर गठन गरेका गणेश शेरचन उपाध्यक्ष हुनेछन् ।

LEAVE A REPLY