प्रधानमन्त्री दाहाल चीन भ्रमण पूरा गरी स्वदेश फिर्ता

0
259

१६ चैत, काठमाडौं – ७ दिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार बिहान स्वदेश फर्किएका छन् ।

Advertisements

प्रधानमन्त्री प्रचण्ड एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन गत बिहिबार चीनको हैनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गरेका थिए ।

त्यहाँ रहँदा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी सँग शिष्टाचार भेट गर्नाका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा विचार विमर्श गरेका थिए ।
यस्तै प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गरेको ‘नेपाल–चीन सम्बन्धः समृद्धिका अवसर’ विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा सम्बोधन समेत गरे ।
यस्तै उनले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै विश्वविद्यालयको परिसरमा स्थापना भएको नेपाल अध्ययन केन्द्रको उद्घाटन गरेका थिए ।
प्रधानमन्त्री स्वदेश फर्किँदा उपप्रधानमन्त्री विमलेन्द्र निधि, कृष्णा बहादुर महरा र कमल थापा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारीलगायत स्वागतका लागि विमानस्थल पुगे  ।

LEAVE A REPLY