भारतीय सेनाध्यक्ष नेपाल भ्रमणमा , आज मानार्थ महारथी प्रदान

0
269

चैत १६, काठमाडौं – चार दिने औपचारिक भ्रमणमा नेपाल आउनुभएका भारतका स्थल सेनाध्यक्ष विपिन रावत आज राष्ट्रपति भवन शीतल निवासमा विशेष कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।  विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्थल सेनाध्यक्ष रावतलार्ई नेपाली सेनाको मानार्थ महारथी उपाधि प्रदान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

Advertisements

सेनाध्यक्ष रावत प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणमा नेपाल आउनुभएको हो । नेपाल भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री, रक्षामन्त्री एवम् प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उहाँले नेपालको केही महत्वपूर्ण पर्यटकीय एवम् धार्मीकस्थल तथा नेपाली सेनाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गर्नुहुने नेपाली सेनाले जनाएको छ । पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको समेत उहाँले निरीक्षण गर्नुहुने कार्यक्रम छ ।

LEAVE A REPLY