स्ट्राइकर मेस्सीलाई चार खेलको प्रतिबन्ध

0
241

काठमाडौं । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीमाथि चार अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लागेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मेस्सीलाई चार खेलको प्रतिबन्ध र १० हजार स्वीस फ्र्यांक जरिवानासमेत गरेको हो ।

Advertisements

चिलीविरुद्धको म्याचमा मेसीले अभद्र भाषा प्रयोग गरेको भन्दै अनुशासनको कारवाही गरिएको फिफाले जनाएको छ । म्याचमा अर्जेन्टिनाविरुद्ध दिएको फलप्रति असन्तुष्ट हुँदै मेसीले सहायक रेफ्रीलाई अभद्र भाषा प्रयोग गरेको बताइएको छ ।

यो प्रतिबन्धसँगै विश्वकप छनोट खेलमा अर्जेन्टिनाले उरुग्वे, भेनेजुएला र पेरुविरुद्धको म्याचमा मेसीविना नै खेल्नुपर्ने भएको छ । बुधबार बिहान भएको बोलिभियाविरुद्धको खेलमा पनि मेसीले खेल्न पाएनन् । सो खेलमा अर्जेन्टिना २–० ले पराजित भएको छ ।

LEAVE A REPLY