आफ्नै प्रेमिकाको कुकुरको टाउको टोकेको आरोपमा ७ वर्षको जेल सजाय

0
225

अमेरिकी राज्य प्युर्टेरिकोमा एक व्यक्तिलाई आफ्नी गर्लफ्रेन्डको कुकुरको टाउको टोकेको आरोपमा ७ वर्षको जेल सजाय तोकिएको छ । लुईस अर्रोयोलाई जनवारसँग खराब व्यवहार गरेको तथा घरेलु हिंसाको घटनामा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको हो ।

Advertisements

लेर्श सहरमा रहेका ४० वर्षीय अर्रोयोले ४ फेब्रुअरीमा २ महिनाको बच्चा कुकुरमाथि हमला गरेका थिए भने आफ्नी गर्लफ्रेन्डको पनि हत्या गरेका थिए । न्यायधीस कार्लोस लोपेज जिमिनेजले अर्रोयोमाथि ३ हजार डलर जरिवाना समेत हुने फैसला गरेका छन् ।

अब बोसरो अखबारका अनुसार अर्रोयो बेरोजगार थिए र उनी ६ महिनादेखि आफ्नी ३८ वर्षीय प्रेमिकासँग बस्दै आएका थिए । उनको आक्रमणबाट कुकुरको घटनास्थलमा नै मृत्यु भएको थियो । हमलापछि के कारण थियो भन्ने पत्ता लागेको छैन ।

LEAVE A REPLY