एक दश वर्ष भित्र स्वास्थ्यमा सबै नेपालीको पहुँच पुग्छ : मन्त्री थापा

0
269

१६ चैत,काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापाले ८÷१० वर्ष भित्र सबै नेपालीको पहुँचमा स्वास्थ्य सेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Advertisements

मन्त्री थापाले सबैलाई १० वर्ष भित्र स्वास्थ्य सेवामा पहुँच पुर्याउने गरी सरकारले काम गरिरहेको पनि स्पष्ट पारे । उनले स्वास्थ्य मन्त्रालयले अहिले सबै नागरिकलाई सकेसम्म निःशुल्क औषधि र उपचारको व्यवस्था गर्न प्रयास गरिरहेको उल्लेख पनि गरे ।

बुधबार ललितपुरमा आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री थापाले सानो प्रयासबाटै नेपाली समाजलाई छिट्टै समृद्ध बनाउन सकिने औंल्याएका हुन् ।

मन्त्री थापाले विविधतालाई स्वीकार गरी मुलुक निर्माण गर्ने अभियानमा जुटन पनि युवाहरुलाई आग्रह गरे । उनले फरक सोच भएकाहरुको क्षमताको कदर गरी अघि नबढने हो भने मुलुकको विकाशशील राष्ट्र  बन्ने सपना पूरा नहुने पनि स्मरण गराए ।

LEAVE A REPLY