किर्तिपूर नगरपालिकामा काँग्रेसका तर्फबाट उमेद्ववारीका दाबेदारहरु

0
2628

चैत्र १७ , काठमाडौं ।  यतिबेला देशमा स्थानिय निकायको चुनावको सरगर्मी बढिरहेको छ । यससँगै देशको राजधानी काठमाण्डौको सबैभन्दा शत्तिशाली मानिने क्षेत्र नं १० अन्तर्गतको किर्तिपूर नगरपालिकामा पदका आकांक्षीहरु उमेद्ववारीको दौडधुपमा व्यस्त छन् ।

गत संविधान सभाको चुनावमा नेपाली काँगे्रसको पक्षमा भारी मत ल्याउनका लागि किर्तिपूर नगरपालिकाले महत्वपूर्ण भूमिका निवार्ह गरेको थियो । हाल यस क्षेत्रमा नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्ष लगायतका पदका लागि उमेद्ववारको चर्चा हुन थालेको छ । यसैबीच नेपाली काँग्रेसका तर्फबाट मेयरका लागि पुकार महर्जन, राजकुमार नकर्मी, कृष्ण्मान डंगोल, राममान सिंह, वुद्विललाल महर्जन लगायत उमेद्ववारी बन्ने होडमा रहेको बुझिएको छ । त्यसैगरी उपमेयरमा विमला विष्ट, लक्ष्मी के.सी, देवनानी महर्जनको नाम चर्चामा रहेकोे छ ।

Advertisements

जस अन्तर्गत १९ वटा वडाबाट १० वटा वडामा झरेको किर्तिपूर नगरको वडा नं २ मा करिब २४०० मतदाता छन् । जसमा वडा अध्यक्षका लागि शीर्ष दलका नेता तथा कार्यकर्ता उमेद्ववारको होडबाजीमा छन् ।
त्यसै गरी नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा श्याम सुन्दर सेढाई, अष्ट महर्जन, दान बहादुर महर्जनको नाम विशेष चर्चामा आएको छ ।

सो वडामा नेपाली काँग्रेसका तर्फबाट युवा उमेद्ववार श्याम सुन्दर सेढाईको उमेद्ववारी लगभग निश्चित भएको काँग्रेस स्रोतले जनाएको छ । विकास निर्माण र अन्य सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका सेढाईको उमेद्ववारीलाई यस क्षेत्रमा महत्वका साथ हेरिएको छ । श्याम सुन्दर सेढाई किर्तिपूरको नयाँ वस्तीमा बसोबास गर्ने शान्त स्वभावका भएका कारण पनि उहाँ प्रति जनताको आकर्षण छ ।

सडक निमार्ण , खानेपानी, ढल निकास , बिजुली बत्ती लगायतका विकास निमार्णका कार्यमा व्यस्त रहेकै कारण सेढाई यस क्षेत्रमा लोकप्रिय बन्न पुगेका छन् । सो वडाको विकास गर्न सच्चा विकास प्रेमी उमेद्ववार बनाउने हो भने जातिय हिसावले नहेरीकन सेढाईलाई नै उमेद्ववार बनाउनुपर्ने त्यहाँका बुद्विजिवि तथा नागरीक समाजका अगुवाहरुको भनाई छ । गत निवार्चनमा यस वडाबाट नेपाली काँगे्रसको पक्षमा सवैभन्दा बढि मत खसेको थियो । किर्तिपूर नगरपालिकाको प्रमुख पद नेपाली काँग्रेसको पक्षमा पार्नका निमित्त पनि वडा नं २ मा सेढाईको उमेद्ववारी लगभग निश्चित भएको बताईएको छ ।

LEAVE A REPLY