नेपालले हङकङलाई ७ विकेटले हरायो

0
266

काठमाडौं । बगंलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ । प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ७ विकेटले पराजित गरेको हो ।

Advertisements

हङकङले दिएको २१५ रनको लक्ष्य नेपालले ४४.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि शरद भेषावकर र दिपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि शतकीय साझेदारी गरे ।

शरदले ५५ रन बनाउँदा ५१ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, दिपेन्द्रले पनि ८२ बलमा ६० रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे ।पहिलो विकेटका लागि ज्ञानेन्द्रले आसिफ हेखसँग मिलेर ३७ रनको साझेदारी गरेका थिए । ११औं ओभरमा आसिफ ८ रनको ब्यक्तिगत स्कोरमा आउट भएपछि आएका दिलिपनाथले कप्तानसँग मिलेर अर्को ४४ रनको साझेदारी गरे ।

यसअघि शेख कमल अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा दुवै विकेट गुमाउँदै २१४ रन जोडेको थियो ।

नेपाल यसअघि पाकिस्तान र बंगलादेशका यु-२३ टिमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

LEAVE A REPLY