दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पक्राउ

0
279

एजेन्सी

Advertisements

सियोल, चैत १८ – भ्रस्टाचार मामिलामा अपदस्त दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्वेन हे लाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

अदालतले उनलाई पक्राउ गर्ने आदेश दिएपछि ६५ वर्षीया पार्कलाई सियोलको दक्षिणमा रहेको डिटेन्सन सेन्टरमा लगिएको छ ।

उनीमाथि आफ्नो साथी चोइ सुन सिनलाई सामसुङजस्ता कम्पनीबाट पैसा असुलेर राजनीतिक सहयोग प्रदान गरेको आरोप छ ।पदबाट अपदस्त गरिएकी पार्कले आरोपहरुको खण्डन गर्दै आएकी छिन् ।आपराधिक मामिलामा पक्राउ पर्ने उनी तेस्रो कोरियाली राष्ट्रपति हुन् ।

सियोलको सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले यसअघि पार्कलाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो । उनीमाथि लागेको घुस, अख्यिारको दुरुपयोग र सरकारी गोप्य सूचना चुहाएको आरोपको अनुसन्धान भइरहेको छ ।
बिहिबार अदालतमा भएको ९ घण्टा लामो बहसमा पार्क उपस्थित थिइन् ।

उनका समर्थकहरुले पक्राउको विरोध गर्दै प्रदर्शन गरेका छन् ।उनलाई २० दिनसम्म हिरासत राख्न पाइनेछ ।उनीमाथि लागेको आरोप पुष्टि भएमा उनीमाथि १० वर्ष जेल सजाय हुनसक्नेछ ।

 

LEAVE A REPLY