सरकार र मधेशी मोर्चाबीच आज छलफल हुने

0
240

१८ चैत, काठमाडौँ  – स्थानिय तह निर्वाचनमा सहमति जुटाउन सत्तारुढ दल र मधेशीमोर्चाबीच आज छलफल हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउसो ३ः३० बजे मोर्चालाइ छलफलका लागि बोलाएका छन ।

Advertisements

स्थानीय तहको निर्वाचन मिति नजिकिदै जाँदा निर्वाचनका लागि नकारात्मक असर नपरोस् भनेर दाहालले प्रतिपक्षी दल एमाले र मोर्चाबीच जतिसक्दो चाँडो सहमति गरेर संविधान संशोधन प्रक्रिया अघि बढाउन चाहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा नेपाली काँग्रेसका सभापति शेर वहादुर देउवा पनि सहभागि हुने प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।

LEAVE A REPLY