भारतीय स्थल सेनाध्यक्ष विपिन रावत स्वदेश फिर्ता

0
235

१८ चैत, काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष विपिन रावत नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी  आज स्वदेश प्रस्थान गरेका छन् ।

Advertisements

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा नेपाली सेनाका बालाध्यक्ष रथी पूर्णचन्द्र थापाले बिदार्इ गरे ।नेपाली सेनाले प्रदान गर्ने मानार्थ महारथीको सम्मान ग्रहण गर्न चैत १५ गते काठमाडौं आएका रावतले यहाँ रहँदा प्रधानमन्त्री रक्षामन्त्री, प्रधानसेनापति लगायतसँग शिष्टाचार भेट गरेका थिए ।

चैत १६ गते राष्ट्रपति निवासमा राष्ट्रपति बिद्यादेवी भण्डारीले रावतलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मान गरेकी थिइन् ।

LEAVE A REPLY